Nepal Energy Foundation

विद्युतिय चुलोमा तीनै तहका सरकारको चासो बढ्दै

Published at : https://ecosamachar.com/2022-03-2002429205?fbclid=IwAR1XRjtMyfa4xg-U7KqwhmhKs0nwUGiHrO8r6H10azfxaJFjxhFcEpXmU0Q

जलवायु परिवर्तनको असरका कारण नेपालले झेलिरहेको समस्या निराकरणको एउटा आधार खाना बनाउदा प्रयोग हुने प्राचिन ऊर्जाका स्रोत भन्ने अध्ययनले पुष्टि भएको छ ।

सफा र वातावरणमैत्री विद्युतिय चुलोको प्रयोग र यसले वातावरण तथा मानव स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावका विषयमा नेपाल ईनर्जी फाउण्डेशनले जनप्रतिनिधि, राजनीतिक दल तथा नीति निर्मातासगँ साक्षत्कार गरेको छ । नेपालमा नवीकरणीय ऊर्जाको प्रयोग र विकासले वातावरण तथा अर्थतन्त्रमा पार्ने सकारात्क प्रभावको विषयमा छलफल गरिएको हो ।

नेपालका राजनीतक दलका प्रतिनिधिलाई विद्युतिय चुलोको प्रयोग र विकास बारे जानकारी गराईएको थियो । सो कार्यक्रममा नेकपा माओवादीका तर्फबाट प्रकाश बिकराल, नेपाली काग्रेसको तर्फबाट धन खतिवडा र नेपाल कम्युनिष्ट पार्टी एमालेका देवेन्द्र दाहलको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका नायव कार्यकारी निर्देशक नवराज डकालले कार्य पत्र प्रस्तुत गर्दै वद्युतिय चुलोको विस्तारमा भईरहेका प्रयास र नेपाली समाजको परिवर्तित अवस्थालाई चित्रण गर्नुभएको थियो ।

चुनावी माहोलको समयमा नेता त्रयले सफा तथा स्वच्छ वातावरण अबको चुनावी कार्यक्रममा प्राथमिकता राख्दै यसको विकास तथा विस्तारमा वशेष प्राथकितामा राख्ने बताउनुभयो ।

ललितपुरको महांकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले अझै ग्रामिण भेगका नागरिक वन तथा दाउरामै आश्रित भएर भातभान्सा चलाउन परेको तितो यथार्थ स्मरण गर्दै यसको पहुँचमा ल्याउन सबैलाई अनुरोध गर्नुभयो । उहाले हालै माश आफ्नो स्थानीय तहले २२ सय थान विद्युतिय चुलोको वितरण गरेको र यसको विस्तारमा सहयोग गर्न आवश्यक रहेको बताउनुुभयो ।

नेपाली ईनर्जी फाउण्डेशनले सफा चुलोको अवधारणा प्रयोग विस्तार एवं गरिब तथा सिमान्तकृत समुदायका नागरिकमा ऊर्जाको पहुँच बिस्तार गर्न बहस पैरवी सामाजिक सचेतनाको काम गर्दै आईरहेको कार्यकारी अध्यक्ष डिल्ली घिमिरेले बताउनुुभयो । उहाँका अनुसार अझै उपत्यकाकै धेरै पालिकाको नागरिकमा नवीकरणीय ऊर्जाको विषयमा सही सूचना तथा ज्ञानको अभाव रहेको, स्थानीय तहमा यसको प्राविधिक जनशक्ति तथा स्रोतमा सिमितता रहेको व्यत्तः गर्दै यस साझा अभियानमा सबैको रचानात्मक सहयोग गर्न आग्रह गर्नुभयो ।